आफू कुनै एक ब्यक्तिको उम्मेदवार नभएको : नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे ‘आगो’

अत्तरिया, ४ फागुन- नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डे ‘आगो’ले आफू कुनै एक ब्यक्तिको उम्मेदवार नभएको बताएका छन् ।

यही फागुन १३ गते हुन गैरहेको नेपाली कांग्रेसको कैलाली जिल्ला अधिवेशनमा उप सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका युवा नेता आगोले आफु यो ब्यक्तिको त्यो ब्यक्तिको भन्दा पनि समर्ग काँग्रेसको साझा उम्मेदवार रहेको बताएका हुन् ।

Navadurga sun
Godawari sandesh

बुधबार कैलालीको गोदावरी एफएममा पत्रकार हेमराज भट्टसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘म कसै एक ब्यक्तको उम्मेदवार हैन म त सबैको साझा उम्मेदावर हो, त्यसैले मेरो जित सुनिश्चित छ’, उनले भने । उनले जिल्ला अधिवेशनमा जति उम्मेदवारहरु चुनाबमा होमिए त्यति नै राम्रो रहेको बताए ।

Dadeldhura hospital

उनले आफु अहिले कसैको टिममा प्रष्ट पारे । उनले आफू सधै चुनाबमा होमिएपनि बिभिन्न कारण पास हुन नसकेको अबस्थामा यस पटक भने जिल्लाको नेतृत्वमा पुञ्याइदिन सम्पूर्ण क्षेत्रिय प्रतिनिधिहरुमा आग्रह गरे ।

उनले आफुले जिल्लाको नेतृत्व गर्ने अवसर पाएमा सबै भन्दा पहिला त कांग्रेसका वडा कार्यालयलाई जिल्ला कार्यालयसंघ जोडेर समन्व्य र सहकार्य गरेर जिल्लामा कांग्रेसलाई बलियो खम्बाका रुपमा स्थापित गर्ने आफ्नो पहिलो एजेण्डा रहेको बताए।

यस्तै उनले अब नजिकिदै गरेका स्थानिय तहको, प्रदेशको र संघको निर्वाचनमा जिल्लालाई कांग्रेसमय बनाउन र बहुमतका साथ कांग्रेसका उम्मेदावरहरुलाई बिजयी गराउन आफू मरिमेटेर लाग्ने बताए । उनले आफू गरिब किसानको छोरो भएको र आफूले यस प्रदेशमा हुने हरेक आन्दोलहरुको नेतृत्व गरेकाले दुख पिडा सबै बुझेको बताए ।

उनले अब युवा नेतृत्वले नै पार्टीलाई बलियो बनाउने सन्देश सबैतिर गएकाले केन्द्रिय महादिवेशन जस्तै यहाँपनि युवाहरुले पहिलो प्रथमिकता पाउने बताए । उनले जिल्ला सभापतिम पदका सम्पूर्ण उम्मेदवारहरु सबै योग्य , कांगेसका लागि मरिमेट्ने, ईमान्दार र बौद्धिक ब्यक्त्वि रहेको बताए । उनले अब यस पटकको जिल्ला अधिबेशनमा आफू पनि बौद्धिक ब्यक्तित्वहरुसंगै हिड्ने प्रयास गरिरहेकाले यस पटक जिताइदिन सबैमा आग्रह गरेका छन् ।

Loading...