गुल्मीका प्रशासकीय अधिकृतसहित तीनको मृत्यु



प्युठान– प्युठानमा स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। गुल्मीको जिल्ला प्रशासन कार्यालयका कर्मचारी सवार उक्त गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार बिहान स्वर्गद्वारी नगरपालिकास्थित मन्दिरभन्दा ५०० मिटर तलको सडकमा जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। लु १ ज १६५५ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खस्दा दुई घटनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।


मृत्यु हुनेमा गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने र जीप चालकको मृत्यु भएको हो, त्यस्तै अर्का एक व्यक्तिको पनि नाम खुलेको छैन । गम्भीर घाइते मध्ये चार जनालाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ।



