नेपाली काँग्रेस जिल्ला अधिवेशन : संस्थापन बाहेकको पक्षको सुदृढीकरण अभियान तिब्र

धनगढी, ४ फागुन- नेपाली काँग्रेस, कैलालीको आसन्न अधिवेशनलाई लक्षित गरेर संस्थापन बाहेकको पक्षले सुदृढीकरण प्रयास अभियान तिब्र बनाएको छ ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलन मार्फत इतर पक्षीय नेताहरुले जिल्लामा काँग्रेसलाई आम नागरिकको भरोशालाग्दो पार्टीका रुपमा रुपान्तरण गर्ने अभिभारा पुरा गर्न अभियानलाई वडा तहसम्म विस्तार गर्ने गरी कार्यक्रम अघि बढाइएको बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

पूर्व केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराई, पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, नेता वीरबहादुर हमाल, वर्तमान जिल्ला सचिवद्वय पूणर् कुँवर र दीपकराज जोशी, रामचरण चौधरी, रामबहादुर कलेल लगायतका नेताहरुको अगुवाईमा झण्डै दुई महिनादेखि सुदृढिकरण अभियान जारी रहेको छ ।

पछिल्ला वर्षहरुमा पार्टी संगठनमा विचार, सिद्धान्त, आस्था, इतिहास र राजनीतिक-सामाजिक सवालहरुमा गम्भीर बहस र छलफलको पाटो निकै कमजोर भएको पत्रकार सम्मेलनमा भनिएको छ । नेतृत्व चयनका सन्दर्भमा पनि विचार र सिद्धान्तका साथै निष्ठा र अनुभवको साटो धन, बल, शक्ति र सत्ताको चरम दुरुपयोगको प्रवृत्ति हाबी भइरहेको पनि कटुसत्य हो ।

Dadeldhura hospital

संस्थापन इतर पक्षले पार्टी नेतृत्वमा आफूसंग असहमत पक्ष तथा नेताकार्यकर्ताहरुलाई पाखा लगाउने ढंगले कारबाहीको अस्त्र प्रयोग गर्ने प्रवृत्ति बढेको आरोप लगाउँदै अवधारणापत्र मार्फत भनेका छन्- ‘आफू नजिकका नेताकार्यकर्ताहरुको जस्तोसुकै गलत कार्यलाई ढाकछोप गर्ने र असहमत पक्षका नेताकार्यकर्ताहरुलाई अपमानमाथि अपमान गर्ने काम भइरहेको छ । ’

उक्त अवधारणापत्रमा पार्टीभित्र पछिल्ला वर्षहरुमा मौलाएको चरम गुटबन्दी र आफूसंग असहमत पक्षप्रतिको घोर पूर्वाग्रही सोच र व्यवहारका कारण पार्टी संगठन कमजोर बनाउन मलजल गरेको छ ।

पत्रकार सम्मेलनमा नेताहरु भट्टराई, जोशी र कुँवरले आसन्न अधिवेशनमा छुट्टै प्यानलका रुपमा चुनाव लड्नेबारे छलफल भइरहेको बताए । “यो पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासको विषय हो, हामी अलग्गै प्यानलसहित चुनाव लड्ने अथवा कुनै पक्षसंग समिकरण गर्ने भन्ने कुराको छिट्टै टुंगो लगाउँदैछौं” नेताहरुले भने- हाम्रो अभियान पार्टीको सुदृढिकरण हो, कुनै कुराको भागबण्डा होइन ।

नेताहरुले काँग्रेस नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझामाथि गरिएको अनुशासनको कारबाही गलत भएको दोहोराए । “हामीले शुरुदेखि नै यो कारबाहीको विरोध गर्दै आएका छौं” नेता जोशीले भने- कुनै ठोस प्रमाणबिना मनचिन्ते, मनगढन्ते रुपमा गरिएको यो कारबाही सरासर गलत हो ।

पत्रकारहरुको जिज्ञासामा संस्थापन इतर पक्षका नेताहरुले यो विचार समुह केन्द्रीय नेता डाक्टर शेखर कोइरालाको भावनात्मक नेतृत्वमा अझ सशक्त ढंगले अघि बढिरहेको धारणा व्यक्त गरे ।

Loading...