कोरोना संक्रमणले गोदावरीका एक पुरुषको मृत्यु

Dadeldhura hospital

अत्तरिया, ३ फागुन- कोरोना संक्रमणले कैलालीको गोदावरी नगरपालिका वडा नं.१ बस्ने एक जना पुरुषको मंगलवार दिउँसो मृत्यु भएको छ । ६८ बर्षीय ती पुरुष क्षयरोग र दमका बिरामी थिए ।

गत २६ गते कोरोना परीक्षण गर्दा रिपोट पोजेटिभ आएपछि धनगढीस्थित कोरोना अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Loading...