लागूऔषध सहित ३ जना पक्राउ





कैलाली, १ फागुन- जिल्लामा लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ परेका छन् । शनिबार राति भजनी नगरपालिका ६ महादेउलीबाट से३प ९४० नम्बरको मोटरसाइल र लागूऔषध सहित उनीहरुलाई पक्राउ गरिएको हो।


पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका १ बस्ने २४ वर्षीय रोहित खडका, २० वर्षीय अन्जान डंगौरा र २२ वर्षीय अर्जुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट ५ ग्राम खैरो हिरोइन फेला परेको थियो।उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएर उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।



