धनगढीमा लागूऔषध सहित तीन जना पक्राउ




धनगढी, २९ माघ- कैलालीमा लागुऔषध सहित तीन जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. ३ सहिद गेटबाट तीन जना युवक ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पास सहित पक्राउ परेका हुन् ।



बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र बिष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन् ।


उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।



