व्यक्तित्व विकास तथा उद्धघोषण तालिम अत्तरियामा सम्पन्न





अत्तरिया, २८ माघ- कैलालीको अत्तरियामा ५ दिने व्यक्तित्व विकास तथा उद्धघोषण तालिम सम्पन्न भएको छ । दलित तथा आदिवाशी जनजाती उत्थान कार्यक्रम अन्र्तगत गोदावरी नगरपालिका वडा नं ६ को आयोजनामा तालिम सम्पन्न भएको हो ।


दलित तथा आदिवाशी जनजाती उत्थान कार्यक्रमका संयोजक बिरेन्द्र बिसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वडा नं ६ का अध्यक्ष विर बहादुर चोखाल प्रमुख अतिथी रहेका थिए ।



त्यस्तै सो कार्यक्रममा वडा नं ६ का वडा सदस्यहरु पार्वती रावल र पार्वती वड रहेका थिए । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष चोखालले अहिले युगमा बोल्नेबानीको बिकास नहुनु र उद्धघोषण कला नहुनु आफ्नो प्रगतिको बाधक हुने बताए ।
उनले तालिम एकदमै भब्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै खुसी ब्यक्त गरेका थिए । हातमा प्रमाण पत्र भएर मात्रै केही नहुने बताउदै उनले सिकेका कुराहरुलाई ब्यवहारमा लागू गर्न सहभागी सबैलाई आग्रह समेत गरेका छन् ।
उनले आफुहरुको कार्यकाल अब अन्तिम भएकाले आगामी दिनहरुमा पनि सबैको साथ सहयोग पाए यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने बताए । स्थानिय युवा युवतीहरुलाई क्षमता विकासका लागि व्यक्तित्व विकास तथा उद्धघोषण तालिमको आयोजना गरिएको संयोजक बिसीले बताए ।
उनले तालिममा गोदावरी नगरपालिका वडा नं ६ कोलीकटानका करिब ३५ जना प्रशिक्षार्थीहरु सहभागी रहेको बताए । सहभागी प्रशिक्षार्थीहरुलाई गोदावरी एफ एमका समाचार प्रमुख हेमराज भट्टले प्रशिक्षण दिएका थिए ।



