सेती अस्पतालमा गरिएकाे परिक्षणमा बिहिबार ९ जनामा कोरोना संक्रमण पुष्टि

Dadeldhura hospital

धनगढी, २७ माघ- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बिहिबार ९ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ५४ नमुना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

हाल अस्पतालमा १७ जना संक्रमित विरामीको उपचार भइरहेको जनाइएको छ । तीमध्ये २ जनाको आइसियूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

Loading...