द्वन्दपीडितको परिपुरण र तत्कालिन आवश्यकता सम्बोधन गर्न सरोकारवालाद्वारा प्रतिवद्धता





धनगढी,२७ माघ- द्वन्दपीडितहरुको परिपुरण र तत्कालिन आवश्यकतालाई सम्बोधन गर्न सरोकारवालाद्वारा प्रतिवद्धता जनाएका छन । विहीबार फुलवारीमा आयोजित एक कार्यक्रममा सरोकारहरुले द्वन्दपीडितको परिपुरण र तत्कालिन आवश्यकता सम्बोधन आफुहरुले तयार रहेको बताएका हुन ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारी द्वन्दपीडितको परिपुरण र तत्कालिन आवश्यकता सम्बोधन गर्न चाँडै राहत प्याकेज ल्याउन लागेको बताए । द्वन्दपीडितहरुको लागि वडा कार्यालयबाट अहिलेपनि सक्दो सहयोग गरिरहेका छौ,’ वडा अध्यक्ष अधिकारीले भने, वडा कार्यालयले सिफारिस गर्दा बालबालिका निःशुल्क पाएका छन । पालिका बाट नीति निर्माण भएको भए निर्धक्कले सहयोग गर्ने वातावरण बन्थ्यो ।’ वडा कार्यालयमा द्वन्दपीडितहरुका लागि भनेर कुनै पनि किसिमको बजेट नआएपनि वडा कार्यालयले चाँडै राहत प्याकेज ल्याउने अध्यक्ष अधिकारीले बताए ।


धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का अध्यक्ष रामबजारी चौधरीले पनि वडा कार्यालयको सिफारिसमा अभिभावक नरहेका बालबालिकाले मावि तहसम्म निःशुल्क अध्ययन गर्न अवसर पाएको बताए । उहाँले भने पालिकाबाट द्वन्दपीडितहरुको सहयोगको लागि वडा कार्यालयलाई परिपत्र नआएकोले छुट्टै किसिमको सहयोग गर्न नसकेपनि त्यस्तै समस्या लिएर आउनेलाई सिपमुलक तालिममा सहभागी गराएको बताए । वडा कार्यालयमा एकल महिला भत्ता, बृद्धा भत्ता, अपाङता भत्ता, आउने गरेपनि द्वन्दपीडितहरुको लागि कहिले पनि बजेट नआएको वडा अध्यक्षले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्षका तिलुराम चौधरी वडा कार्यालयबाट कसैलाई भेदभाव नगरी समस्यामा परेकालाई वडाबाट सहयोग गरिरहेको बताए । उनले द्वन्दपीडितको परिपुरण र तत्कालिन आवश्यकता सम्बोधन गर्न पालिकास्तरबाट नीति निर्माणमा जोड दिएका थिए ।

समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द समाधानका लागि जिल्ला संजाल कैलाली र एफडब्लुएलडीको आयोजना तथा इन्टरनेशनल एलार्टको समन्वयमा द्वन्दपीडितको परिपुरण र तत्कालिन आवश्यकता सम्बोधन गर्न सरोकारवालाहरुको भूमिका विषयक संवाद कार्यक्रम भएको थियो ।
कार्यक्रममा फुलवारीका स्थानीय तथा शिक्षक विकास खडका र महेश कुमार सुनारले सशस्त्र द्वन्दकालका बेला धेरै जना पीडित भएपनि वर्गीकरण हुन नसकेको बताए । विद्रोहीबाट मारिकाले क्षतिपूति पाएपनि राज्यपक्षबाट पीडित भएका कतिपयले क्षर्तिपूति नपाएको बताए ।
टिपिओ नेपालका मनोविशर्माकर्ता कमला बुढाथोकी द्वन्दकालका कतिपय पीडितले सम्बन्ध विग्रिने डरसे समस्या बाहिर ल्याउन नसकेको बताए । उहाँले भने खास गरि द्वन्दकालका बेला यौन हिंसा खेपेका महिलाको घरबार विग्रिने डरसे आफुले भोगेको समस्या खोल्न नसकी पीडा भोगि रहेको बताए ।
समावेशी संक्रमणकालिन न्याय, मेलमिलाप तथा द्वन्द समाधानका लागि जिल्ला संजाल कैलालीका संयोजक गणेश मल्ल ढिलो न्याय दिनु भनेको न्याय नदिनु बराबर रहेको बताए । सशस्त्र द्वन्दकालका बेला मुलुका धेरै जना पीडित भएपनि उनीहरुको आवाज सुनुवाई नभएको बताए । उनले भने कतिपय स्थानीय तहले द्वन्दपीडितको द्वन्दपीडितको परिपुरण र तत्कालिन आवश्यकता सम्बोधन छुट्टै किसिमका बजेट ल्याएर कार्यक्रम गरिरहेका छन । द्वन्दकालका पीडितहरुको वर्गिकरण गरि त्यसैअनुसार अब सरकारले अघि बढनु पर्ने संयोजक मल्लले बताए ।
एफडब्लुएलडीका जिल्ला संयोजक रेनुप्रधान श्रेष्ठले कैलालीमा द्वन्दपीडितको अभिलेख बारे जानकारी दिदै मृतकको संख्यामा ५१५, विस्थापित एक हजार ३९, घाहिते/अपाङता २२२, वेपत्ता १८, अपहरण २८ र टुहुरा बालबालिका ६९ जना रहेको बताए ।



