सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय लगाइएको ताला अझै खुलेन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज करिब दुई महिनादेखि ठप्प छ। विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायत पदको नियुक्तिप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए।

Ganyapdhura gau
Dadhaldhura pur

महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन। विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताए।

Navadurga sun

‘कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति दिएका हो,’ उनले भने, ‘विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरे।’भण्डारीले विश्वविद्यालयका क्याम्पसको अध्ययनरअध्यापन भने सञ्चालनमै रहेको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...