लिटल फ्लावर प्रिमियर लिग –६ को खेल तालिका सार्वजनिक

धनगढीमा आगामी फागु २ देखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ ९धनगढी मेयर एलपीएल–६०को खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आसन्न संस्करणको खेल तालिका सार्वजनिक गरेको हो ।

प्रकाशित खेल तालिका अनुसार सहभागी १० विद्यालय टिमलाई समूह ‘ए’ र ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’ मा हिमालयन ह्वाइट हाउस वर्ल्ड स्कुल काठ्माण्डौँ, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली, होली ल्यान्ड इङ्लिस बोर्डिङ स्कुल अत्तरिया, शारदा सरस्वती सेकेन्डरी दोधारा चाँदनी कञ्चनपुर र एभरेस्ट एकेडेमी अत्तरिया कैलाली रहेका छन् । त्यसै गरी समूह ‘बी’ मा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, गुरुकुल इङ्लिस मिडियम स्कुल लम्की, स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल धनगढी,

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विद्या भूषण पब्लिक स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया रहेका छन् ।प्रतियोगिताको उद्घाटन खेलमा पाँचौँ संस्करणको उप–विजेता तथा आयोजक लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी र सत्यवती एकेडेमी अत्तरिया भिड्ने छन् । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रत्येक टिमले आफ्नो समूहमा लिग चरणका ४ वटा खेल खेल्न पाउने छन् ।

लिग चरणका ४ खेल पश्चात् समूह विजेता र उप विजेता सेमिफाइनल प्रवेश गर्नेछन् । १४ गते फाइनल खेल हुने प्रतियोगिताका संयोजक भुपी सिंह धामीले जानकारी दिए । छैटौँ संस्करणको तयारी अन्तिम चरणमा भइरहेको धामीको भनाई छ ।

खेल मैदान निर्माणको काम लगभग सकिएको आयोजक लिटल फ्लावर स्पोर्ट्न एण्ड इभेन्ट्का अध्यक्ष रामचन्द्र शाहीले बताए । प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उप–विजेताले ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने छ ।

Loading...