कैलाली ट्राफिकलाई क्लासिक अटोमोटिभ्सकाे ५ थान ‘ह्वील लक’ सहयोग

धनगढी, २० माघ– जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीलाई ५ थान ‘ह्वील लक’ सहयोग गरिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा रहेको बसन्त क्लासिक अटोमोटिभ्सले कैलाली ट्राफिकलाई ५ थान ‘ह्वील लक’ सहयोग गरेको हो ।

Dadeldhura hospital

बिहीबार एक कार्यक्रमका बिच बसन्त क्लासिक अटोमोटिभ्सका सञ्चालक भुवन भट्ट र ब्रान्च म्यानेजर गोकुल अवस्थीले कैलालीका ट्राफिक प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहलाई सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

धनगढी बजार क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न प्रविधियुक्त ट्राफिक व्यवस्थापन गरी दुर्घटना न्यूनीकरण गर्नुका साथै सवारी आवागमनमा सहजता होस् भन्ने उद्देश्यले ह्वील लक सहयोग गरिएको हो ।

प्रविधियुक्त ट्राफिक व्यवस्थापन गर्न ‘ह्वील लक’ सहयोग गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख सिंहले क्लासिक अटोमोटिभ्स परिवारलाई धन्यवाद समेत दिएका छन् ।

Loading...