पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताको माग गर्दै धनगढीमा प्रदर्शन





धनगढी, १९ माघ– पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघ नेपाले धनगढी उपमहानगरपालिका कमिटीले पार्क मोड देखि मुख्यमन्त्री कार्यालयसम्म नाराबाजी सहित प्रदर्शन गरेका हुन्।


उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पनि नाराबाजी सहित प्रदर्शन गरेका हुन् । सरकारले मंगलबार रातिदेखि डिजेल र मट्टितेल र पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको छ । मूल्य बढेसँगै डिजेल/मट्टितेलको भाउ प्रतिलिटर रु १२५ र पेट्रोलका भाउ प्रतिलिटर १४२ पुगेको छ । यो अहिलेसम्मै उच्च हो ।



