कञ्चनपुरमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

कञ्चनपुर, १७ माघ– कञ्चनपुरमा छुट्टा छुट्टै सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । जिल्लामा सोमबार भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

सोमबार दिउँसो भीमदत्त नगरपालिका वडा नं.७ हल्दुखाल बस्ने राजेश बमले चलाएको सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

Navadurga sun

अनियन्त्रित भएर रूखमा ठोक्किँदा चालक १८ वर्षीय बमको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार पुस्कर बम घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै भीमदत्त नगरपालिका वडा नं. ३ तिलकपुरमा से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने ४५ वर्षीया पुरन चौधरीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...