कञ्चनपुरका मालपोत अधिकृत  जोशी विरुद्ध मुद्दा दायर

कञ्चनपुर- भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृत लोकराज जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

जोशीले जग्गा नामसारी तथा अंशबण्डा गरिदिएवापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको उनलाई २४ हजार घुस रकम लिँदै गर्दा पक्राउ गरेको थियो।

Navadurga sun
Godawari sandesh

अनुसन्धानको क्रममा जोशीले सेवाग्राहीको नामसारी गर्न बाँकी रहेको जग्गा हाल साविक गरी नामसारी गराइदिने क्रममा २४ हजार घुस लिएको पुष्टि भएकाले मुद्दा दायरगरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

Loading...