सुदूरपश्चिममा थप ६१४ जनामा कोरोना पुष्टि

Dadeldhura hospital

धनगढी, १२ माघ– सुदूरपश्चिम प्रदेशमा थप ६१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ४ सय ८५ जनाको एन्टिजेन र ३ सय ६६ जनाको पीसीआर परीक्षण गर्दा बुधबार ६१४ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार संक्रमण पुष्टि भएकामध्ये १०४ जना भने बुधबार नै भारतबाट फर्केका नागरिक हुन् । सुदूरपश्चिमका नाका भएर बुधबार ९७९ जना स्वदेश फर्केका छन् । त्यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या पनि उकालो लागेको छ । निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७५३ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरु मध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।

Loading...