माओवादी केन्द्रका नेता जगत पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित

Dadeldhura hospital

अत्तरिया, १२ माघ– राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट डडेल्धुराका नेकपा (माओवादी केन्द्र) का नेता जगत पार्की विजयी भएका छन्। पार्कीले १०५ मत ल्याएर निर्वाचित भएका हुन्। उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार नरेश बिकले ७९ मत मात्रै प्राप्त गरेका छन्।

Loading...