धनगढीका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु

Dadeldhura hospital

धनगढी, १० माघ– कैलालीमा  कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको मृत्यु भएको हो ।

उनको साेमबार बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

Loading...