वाईसियलद्वारा सीमा क्षेत्रमा मास्क र सेनिटाईजर वितरण

Dadeldhura hospital

कञ्चनपुर, ८ माघ– नेकपा माओवादी केन्द्र निकट वाईसियल नेपालले कञ्चनपुरको पश्चिम प्रवेसद्वारा गड्डाचौकीमा मास्क र सेनिटाईजर वितरण गरेको छ ।

वाईसियल भीमदत्त नगरपालिकाले शनिबारदेखि गड्डाचौकीबाट मास्क र सेनिटाईजर वितरण गरेको हो । वाईसियल भीमदत्त नगरका इन्चार्ज तुल बहादुर थापाले कोरोनाबाट बाँच्नका लागि मास्क र सेनिटाईजर वितरण गरेको बताए । उनका अनुसार उक्त अभियान पश्चिम गड्डाचौकी नाकादेखि पुर्व डोकेबजार नाकासम्म वितरण गरिनेछ । निःशुल्क मास्क र सेनिटाईजर पाएपछि भारतबाट फर्किने नेपाली नागरिक हर्षित भएका छन ।

Loading...