अतरिया जुनियर जेसिज २०२२ को अध्यक्षमा एलआर ओझा चयन

अतरिया, ८ माघ– अतरिया जुनियर जेसिजको अध्यक्षमा लोकराज ओझा (एलआर) चयन भएका छन् । शनिबार सम्पन्न जुनियर जेसिजको ५ औं पदस्थापना तथा शाखा अधिबेशनवाट जुनियर जेसिज बर्ष २०२२ का लागि अध्यक्षमा ओझा सर्वसम्मत चयन भएका हुन् ।

Ganyapdhura gau

त्यस्तै जुनियर जेसिजको कार्यकारिणी उपाध्यक्ष देवराज भण्डारी र विरेन्द्र बिसी चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा दिपा जोशी, तिर्थराज जोशी, राजेश ओझा र आकाश खड्का चयन भएका छन् । अध्यक्षले मनोनित गर्ने पदहरुमा महासचिव प्रकाश बोहरा, कोषाध्यक्ष जानुका बोहरा र कानुनी सल्लाहकारमा सुलोभ धामीलाई मनोनित गरिएको छ ।

Navadurga sun
Dadhaldhura pur

बाँकी पदहरु पहिलो बोर्ड बैठकवाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष ओझाले बताए । उनले आफुलाई सर्वसम्मत अध्यक्षमा चयन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै आफुले जुनियर जेसिजका लागि गर्नुपर्ने सम्पूणर् कामहरु प्रतिबद्ध भएर गर्ने बताए ।

उनले आफुलाई अध्यक्ष बनाउन सहयोग गर्नेलाई कहिले गलत नेतृत्व चयन भयो की भन्ने आभाष हुन नदिने समेत बताए । अतरिया जेसिज बर्ष २०२१ का अध्यक्ष धर्मराज भट्टको सभापतित्व सम्मपन कार्यक्रममा अतरिया जेसिज २०२० का अध्यक्ष पदमराज ओझा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा अतरिया जेसिजका २०२२ का नवनिर्वाचित अध्यक्ष हर्कबहादुर कडायत, महासचिव प्रकाश मल्ल, कानुनी सल्लाहकार मान बहादुर ऐर, अतरिया जुनियर जेसिजका सस्थापक अध्यक्ष रोशन खड्का, पुर्व अध्यक्ष देवराज ओझा, तिर्थराज उपाध्याय लगायतको उपस्थित रहेको थियो । कार्यक्रमममा सहभागी अतिथिहरुले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना समेत दिएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...