धनगढीमा प्रहरीबाटै मोबाइल चोरी : हवल्दार र जवान प्रहरी हिरासतमा

धनगढी, ७ माघ- धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवना भरतबादुर बुढाललाई हिरातसतमा राखेर छानबिन सुरु गरेको हो ।

Ganyapdhura gau
Dadhaldhura pur

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको बताउदै भने, ‘लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा खटाइएको थियो। ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरातसमा राखिएको हो।’

Navadurga sun

धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो। ‘लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो,’ सञ्चालक सुवास रावलले भने, ‘खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका छन्।’

प्रहरीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो। धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...