माओबादी केन्द्रका नेता नरेश बहादुर सिंह एमाले प्रवेश





अत्तरिया, ६ माघ– गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेशबहादुर सिंह नेकपा एमाले प्रवेश गरेका छन । उनलाई बिहिबार बिहान एमालेका सचिब लेखराज भट्टको उपस्थितिमा एमालेमा पार्टी प्रवेश गराइएको हो । सचिब भट्टले उनलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका हुन ।


मोओबादी केन्द्रको निति, बवचार र सिद्धान्तसँग असहमती जनाउँदै सो पार्टी छोडेको सिंहले बताका छन । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट , वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर , जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।



