सेती अस्पतालमा एकैदिन १६६ जनामा कोरोना संक्रमण पुष्टि

Dadeldhura hospital

धनगढी, ५ माघ– धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २६३ नमूनाको कोरोना परिक्षण गर्दा १६६ संक्रमित थपिएका हुन् । पछिल्लो केही दिनयता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । कैलालीमा संक्रमण दर समेत बढेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये २ जनाको आइसियुमा उपचार भइरहेको छ ।

Loading...