दार्चुला अस्पतालमा २ महिनादेखि पदाधिकारी विहिन हुँदा कामकाज प्रभावित

दार्चुला, ४ माघ– अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत मंसिर ४ गते सकिएपछि अझैसम्म नयाँ नियुिक्त हुन नसक्दा विगत २ महिना देखि जिल्ला अस्पताल दार्चुला पदाधिकारी विहिन हुन पुगेको छ ।

अस्पताल समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्ने गर्छ । राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच कुरा नमिल्दा पदाधिकारी चयनमा ढिलाइ भइरहेको हो । एउटै दलभित्र पनि अध्यक्षका आकांक्षी धेरै रहेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आर्दश लिम्बुले पदाधिकारी नियुक्तिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताए ।हामीले यहाँबाट पदाधिकारी रिक्त भएको भोली पल्टै प्रदेश सरकारलाई जानकारी गराएपनि हाल सम्म नियुतिक्त नभएको बताए ।पदाधिकारी नहुँदा पनि अस्पतालको नियमित सेवा र प्रशासनिक काम नरोकिने उनको भनाइ रहेको छ ।

समितिको सदस्य सचिवमा अस्पतालका मेडिकल सुपरिटेण्डेन रहने व्यवस्था छ । पदाधिकारी नआउञ्जेल अस्पतालको व्यवस्थापकीय कामको जिम्मेवारी पनि मेसुमै थपिन्छ । व्यवस्थापन समितिमार्फत हुने कर्मचारी व्यवस्थापन र खटनपटनमा भने पदाधिकारी नहुँदा समस्या पर्ने गरेको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर लिम्बुले बताए ।

आन्तरिक व्यवस्थापनसँगै पूर्वाधार विकासलाई गति दिन र अन्य महत्वपूणर् निणर्य गर्नुपर्दा समितिका पदाधिकारीको आवश्यकता पर्ने भएकाले नियुक्तिको निणर्य छिटो भइदिए सहज हुने उनले बताए । सात सदस्यीय समितिमा अध्यक्ष, सदस्य सचिवसहित दुई महिला सदस्य, अध्यक्षले राख्न पाउने एक सदस्य, उद्योग वाणिज्य संघ र अस्पताल रहेको स्थानीय तहका प्रमुख पदेन सदस्य रहने व्यवस्था छ । हालै सेवा निवृत्त हुनु भएका समितिका अध्यक्ष दलजित सिह धामीले अस्पताल जस्तो संवेदनशील संस्थामा पदाधिकारी नियुक्ति गर्दा सरकारले ढिलाइ गर्न नहुने बताए ।

आर्थिक वर्ष २०७७/०७८ को अनुदानमा १० बेडको आइसोलेसन भवन र एउटा पोस्टमार्टम गृहको निर्माण गरिएको बताएका छन । अस्पताल परिसरमा रहेको विद्युतको प्रसारणलाइनलाई सडक छेउमा स्थानान्तरण गरी आवश्यक भौतिक संरचना निर्माणको लागि सहज बनाइएको बताए । २०७६ मंसिर ४ गते जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समिति अध्यक्षमा नियुक्त भएका धामीले २०७६ मंसिर १८ गते पदभारग्रहण गरेका थिए । उनको २ बर्षे कार्यकाल पूरा भएसंगै जिल्ला अस्पताल दार्चुलामा व्यवसथापन समिति अध्यक्ष २ महिना देखि रिक्त रहेको छ ।

Loading...