सुदूरपश्चिममा १२ सय ७५ नमूना परीक्षण गर्दा ३४५ जनामा कोरोना पुष्टि

धनगढी, ३ माघ– सुदूरपश्चिम प्रदेशमा सोमबार ३ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १ हजार २७५ जनाको कोरोना परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

Dadeldhura hospital

१ सय ३ जनाको पीसीआर मार्फत र २ सय ४२ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोमबार संक्रमण पुष्टि भएका मध्ये १ सय ५४ जना भारतबाट आएका नागरिकहरु रहेका छन् ।

Navadurga sun
Godawari sandesh

त्रिनगर-गौरीफन्टा नाकाबाट भित्रिएका ९५, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५७ र जुलाघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको हो । सुदूरपश्चिमका नाका भएर सोमबार १ हजार १६९ नेपाली स्वदेश फर्केका छन् । भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ ।

Loading...