बडिमालिका नगरपालिकामा ५ करोड भन्दा बढिको लागतमा निर्माण हुने फनपार्कको सांसद थापाद्वारा शिल्यान्यास





बाजुरा, ३ माघ– बडिमालिका नगरपालिकामा करिव ५ करोड भन्दा बढि लागतमा कालाजग्रा फन पार्क निर्माण हुने भएको छ । बडिमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा निर्माण हुन् लागेको फन पार्कको सोमबार एक कार्यक्रमका बिच शिल्यान्यास गरिएको हो । करिव ५ करोड लागतमा फन पार्क निर्माण गरिने बडिमालिका नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।


उक्त कार्यक्रममा कालाजग्रा पर्यटन प्रबद्धन समितिका अध्यक्ष लोकेन्द्र रोकायाको अध्यक्षतामा संचालन भएको शिल्यान्यास कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापा प्रमुख अतिथि रहेका थिए । त्यसैगरी गौमुल गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले बाजुरा उप सचिव हरि बहादुर रोकाया नेकपा एमाले बाजुराका सदस्य अमर खड्का, काशी विक, बुद्धि बोगटी, तुलाराम जैशी, पुर्ब मार्तडी गाबिस अध्यक्ष नन्दराज पण्डित, बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायतको सहभागिता रहेको थियो ।


नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापाले सोमबार एक समारोहका बीच कालाजग्रा फनपार्कको शिल्यान्यास गरेका छन । प्याराटाईज आवरण जे.भी. चितवनसंग ठेक्का सम्झौता भएर फन पार्क निर्माण गरिने भएको सो ठेकेदार कम्पनीका प्रतिनिधि दिपक पठाकले बताएका छन ।

नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापाको महत्वपूण भूमिका रहेको फनपार्कमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र बडिमालिका नगरपालिकाको संयुक्त सहयोगमा निमाणर् हुने भएको छ ।
बडिमालिका नगरपालिका वडा नं.७ ढम्कनेको सरोस्वती आधारभुत बिद्यालयको पछाडी करिव २२ रोपनी भन्दा बढि जग्गा क्षेत्रफलमा फनपार्क निर्माणको प्रक्रिया अघि बढाईएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । फनपार्क निर्माण हुने भएपछि स्थानीयबासी उत्साहित भएका छन् ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने गरी महत्वपूणर् आयोजनाका रुपमा फनपार्क निर्माणलाई उच्च प्राथमिकतामा राखेर गाउँलाइ समृद्ध बनाउने उद्देस्यका साथ सो कार्यको थालनि गरिएको नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापाले बताए । स्थानीयबासीहरुलाई रोजगारी दिने, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, बडिमालिका नगरपालिकाको अर्थोपार्जन र सामाजिक विकासमा समेत यसले टेवा पुर्याउने हुदाँ फनपार्क निर्माण संगै यहाको स्थानीय उत्पादनलाई समेत जोड दिनुपर्ने नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद थापाले बताए ।
निर्माण हुने फनपार्क पर्यटकीय हिसाबले नजिकै कालाजग्रा थार्मिक तथा पर्यटकिय क्षेत्रको अवलोकन हुनुका साथै कोल्टी र मार्तडीको मध्य बिन्दु पोरेखे लेकको अवलोकन हुने कार्यक्रममा सहभागी भएका नेकपा एमाले बाजुराका उप सचिव हरी रोकायाले बताएका छन । सो फनपार्क निर्माणले बडिमालिका नगरपालिकाकै एक उत्कृष्ठ योजना रहेकोले यसलाई सदुपयोग गरी यसबाट ढम्कने रजातोली लगायतका स्थानीयले नाफा लिन सक्ने गरि अगाडी बढाउन तत्वर रहेको नेकपा एमाले बाजुराका सदस्य अमर खड्का लगायतका नेताहरुले बताए । सो फनपार्क खप्तड देखी रारा बडिमालिका र बुढिननन्दाको मध्यमार्गमा रहेकोले यहाको आर्थिक उन्नतीका दृष्टीकोणमा पनि राम्रो हुने कार्यक्रमका सहभागीहरुले बताए ।
स्थानीय संस्कार, संस्कृति र रहन सहन पनि पार्कको आकर्षणको केन्द्र बन्ने वडावासीको विश्वास रहेको छ । फन पार्कमा ३ वटा प्रशासनिक भवन, आकर्षक लाईट सहितको पिलर, विभिन्न ज्ञानवद्र्धक सामग्री, अतिथि गृह, तातो चिसो पानीको ब्यबस्था सहितको होटल, वनभोजस्थल, बगैँचा, चिप्लेटी लगायत बालबालिकाका लागि खेल्ने विभिन्न खेल सामग्री, पार्क, होटल, पसल, टिकट काउन्टर, शौचालय लगायत भौतिक संरचना निर्माण गरिने छन् । फनपार्कमा आवश्यक पर्ने अन्य भौतिक संरचना समेत निमार्ण गरिने ठेकेदार कम्पनीले जनाएको छ । उक्त कार्यक्रमको संचालन सामितिका सचिव राम बहादुर धामीले गरेका थिए ।



