कैलाली जिल्ला प्रशासन कार्यालयले माघ ३ गतेदेखी टोकन प्रणालीबाट सेवा दिने (सूचाना सहित)




धनगढी, २ माघ– जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवा दिने भएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यालयले माघ ३ गतेबाट यस्तो सेवा प्रणाली सुरु गरेको हो।


प्रशासनले एक सूचना जारी गर्दै नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ।



यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ। त्यसैगरी नागरिकता र परिचय पत्र बाहेकका अन्य सेवाकाे हकमा हाल टाेकन आवश्यक नपर्ने उक्त्त सूचनामा जनाइएकाे छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना:




