सरुवा भएका सुदूरपश्चिम ट्राफिक प्रमुख गौतमको बिदाई





धनगढी, २ माघ– सुदूरपश्चिमबाट प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमको बिदाइ भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएका एसपी गौतमलाई आइतबार एक कार्यक्रम बिच बिदाइ गरिएको हो।


प्रहरी प्रधान कार्यालयले केही दिनअघि उनको सरुवा गरेको थियो । गौतमको काठमाडौं उपत्यका प्रहरी कार्यालय इनटेलिजेन्स शाखामा सरुवा भएको छ । उनको ठाउँमा अब प्रविण धिताल आउने भएका छन् ।



