धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अत्तरिया, २ माघ– धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा धनगढी उपमहानगरपालिका– १७ की ४० बर्षीया ऐतवारी रानाको मृत्यु भएको हो ।

Dadeldhura hospital

शनिबार साँझ धनगढी उपमहानगरपालिका वडा नं. १६ पथरी स्थित गोकंनरी खोलामा स्थानीय राजेश रानाले चलाएको सु प प्र ०१ ००९ प ५९७९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

प्रहरीका अनुसार उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिदा मोटरसाइकलमा पछाडी सवार ऐतवारी पुलबाट खोलामा खसेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...