सुदूरपश्चिममा एकैदिन ३१८ जनामा कोरोना संक्रमण

Dadhaldhura pur

धनगढी, २९ पुस– सुदूरपश्चिम प्रदेशमा आज एकैदिन थप ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर परीक्षणबाट ६३ जनामा र एन्टिजेन परीक्षणबाट २५५ जनामा संक्रमण पुष्टि भएको हो। बिहीबार २ हजार २ सय ५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। बिहिबार संक्रमण पुष्टि भएका तीन सय १८ जनामध्ये दुई सय २७ जना आजै भारतबाट आएका नागरिक हुन्।

Ganyapdhura gau

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १ सय ११, गड्डाचौकी नाका भएर स्वदेश फर्केका १ सय ५, पुलघाटबाट फर्केका ५ जना र झुलाघाटबाट फर्केका ६ जनामा संक्रमण पुष्टि भएको हो। भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने गरेको छ। सो क्रममा लक्षणसहित संक्रमण पुष्टि भए धनगढीको आइसोलेसनमा राख्ने गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...