कांग्रेस कैलालीको सभापतिमा बडुवालको उम्मेदवारी घोषणा, यस्ता छन् एजेण्डा ?

धनगढी, २२ पुस– नेपाली कांग्रेस कैलाली जिल्ला सभापतिमा भिम बडुवालले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कैलाली सभापति पदका लागि बडुवालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

कैलाली जिल्लाका सबै निर्वाचन क्षेत्रमा आगामी निर्वाचनमा पार्टीलाई जिताउन आफूले उम्मेदवारी दिएको उनले बताए । उनले जिल्लामा रहेका क्रियाशिल सदस्यहरुको स्वाभीमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने बताए । गुट बन्दी मुक्त कांग्रेसका निमीत्त युवा जागरण मेरो अभियान गर्ने उनको भनाइ छ । जिल्ला सभापतिमा आफूले पहिलो चरण मै चुनाव जित्ने उनको दावी छ । कैलालीमा माघ १५ गते जिल्ला अधिवेशन हुँदैछ ।

Navadurga sun
Godawari sandesh

मेरा मुख्य एजेण्डाहरु ?

१० जिल्लामा रहेका क्रियाशिल सदस्यहरुको स्वाभीमानको रक्षा गर्दै पार्टीलाई सबैको साझा बनाउने प्रयत्न गर्ने छु ।

२० गुट बन्दी मुक्त कांग्रेसका निमीत्तयुवा जागरण मेरो अभियानू हुनेछ ।

Dadeldhura hospital

३० आउने निर्वाचनहरुमा पार्टीलाई कम्तीमा पनि दुईतिहाइ स्थानमा जिताउने प्रयत्न गर्ने छु ।

४० पार्टीका कार्यकर्ताहरुलाई विकास निर्माणका एजेण्डामा लगाउने छु ।

५० हरेक जात जातिका बिचमा सद्भाव कायम गराउने प्रयत्न गर्ने छु ।

६० भातृ संगठनहरुलाई क्रियाशिल र चुस्त दुरुस्त बनाउने छु ।

७० पार्टी कार्यालय व्यवस्थीत गरी हरेक कार्यकर्ताको गुनासो र समस्याको समाधान गर्नेछु ।

८० भष्टाचार बिरोधी अभियानलाई तिव्रता दिनेछु ।

९० पार्टी भित्र तलै देखि समावेशीता, पार्टीमा मुल्य – मान्यता, नितिको प्रधानता मेरो प्रतिवद्धता हुनेछ ।

Loading...