गोदावरी पत्रकार मञ्चद्वारा कैलालीकाे अत्तरियामा सात दिने आधारभूत पत्रकारिता तालिम सुरु

अत्तरिया, २० पुस– सात दिने आधारभूत पत्रकारिता तालिम कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा सुरु भएको छ । तालिमको गोदावरी नगरपालिका मेयर हरिसिंह साउँदले उद्घाटन गरेका हुन् । गोदावरी पत्रकार मञ्चको आयोजनामा तालिम सुरु भएको हो ।

उद्घाटन कार्यक्रममा मेयर साउँदले पत्रकारिताका माध्यामबाट विपन्न, गरिवहरुको आवाज बुलन्द भईरहेको बताए । गोदावरीमा पत्रकारिताहरुको संख्या बढाउनका लागि तल्लोतहबाट नै पढाउन स्थानीय सरकारले पहल गर्ने उनले प्रतिबताव्यक्त गरे । पत्रकारितका माध्यामबाट लुकेका कुराहरु समेत वाहिर ल्याउने काम भईरहेको उनले उल्लेख गरे । तालिम आयोजना गर्ने संस्थालाई समेत मेयर साउँदले धन्यवाद व्यक्त गरे ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै कार्यक्रममा दुर्गालक्ष्मी क्याम्पसका क्याम्पस प्रमुख शिवराज जोशीले यस प्रकारका तालिमले पत्रकारीत मात्र नभएर अन्य ठाउँमा पनि काम लाग्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका सदस्य कैलाश जोशीले सात दिने तालिमले पत्रकारीतामा रुचि भएकाहरुका लागि राम्रो अवसर भएको बताए । उनले तालिममा सिकेका कुरा आफ्नो व्यवहारमा लागूगर्न सहभागिलाई प्रशिक्षार्थीलाई आग्रह गरे ।

त्यस्तै पद्म अस्पाताल प्रालिकी प्रशासक मञ्जु साउँदले आधारभूत तालिमले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । मञ्जुलाई आयोजक संस्था गोदावरी पत्रकार मञ्चले सम्मान समेत गरेको हो ।

हप्ता दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षक उप–प्रध्यापक तथा साहित्यकार डा. टिएन जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका सचिव हरि जोशी, आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका विरेन्द भट्ट, मञ्चका अध्यक्ष हेमराज भट्ट, गोपाल सुवेदी छन् । मञ्चको अध्यक्ष हेमराज भट्टको सभापतिमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रेम विष्टले गरेका हुन् । मञ्चका सचिव नरेशनाथ योगीले कार्यक्रमको सञ्चालन गरेका हुन् । कार्यक्रममा दुर्गा लक्ष्मी र एभरेष्ट स्कूलका ५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Loading...