डडेल्धुराबाट ४ जना बने माओवादी केन्द्रीय सदस्य





डडेल्धुरा, १८ पुस– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आठौं महाधिवेशन अन्तर्गत बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित भएको छ । जस अनुसार डडेल्धुराबाट ४ नेता केन्द्रीय सदस्य बनेका हुन् ।


खुलाबाट खगराज भट्ट, दलितबाट जगत पार्की तथा मन्जु बम र कुन्ति जोशी खस आर्यबाट केन्द्रीय सदस्य बनेका हुन् । भट्ट माओवादी केन्द्रका सुदूरपश्चिम इञ्जार्ज हुन् भने नेता पार्की माओवादी केन्द्रका डडेल्धुरा इन्जार्च हुन् । जोशी सुदूरपश्चिम प्रदेशसमभा सदस्य हुन् ।



