हामीले आफ्नो मौलिक संस्कृतिलाई भुल्नु हुँदैन : प्रदेश प्रमुख जोशी

धनगढी,१८ पुस– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले हामीले आफ्नो मौलिक संस्कृतिलाई भुल्न नहुने बताएका छन् । बाजुरेली सेवा समाज धनगढीले आयोजना गरेको भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । “हामी जतिसुकै विकासको क्रममा अगाडी बढेपनि हामीले हाम्रो संस्कृतिलाई भुल्नु हुँदैन,उनले भने,“कुनै पनि देश समाज र कुनै पनि मानव समाजका निम्ति संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ ।”

Dadeldhura hospital

यदि हामीले संस्कृतिलाई बचाई राख्ने हो भने आफ्नोपन पहिचान रहिरहने भएकाले संस्कृतिलाई हामीले जसरी पहिले चलाएका थियौँ त्यसरी अहिले पनि संस्कृतिको जर्गेना गर्नुपर्नेमा उनले जोड दिए ।

Navadurga sun
Godawari sandesh

सुदूरका पहाडी जिल्लामा भुवा पर्वको छट्टै पहिचान रहेको बताउँदै उनले धनगढीमा पनि भुवा पर्वलाई स्थान दिएकोमा बाजुरेली सेवा समाजलाई धन्यावाद व्यक्त गरे । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा भव्य रूपमा मनाइने भूवा पर्व हरेक वर्ष पुस औँसीबाट सुरु हुन्छ ।

तरवार, ढाल नचाउँदै दमाहाको तालमा देउडा र मागल गीतका साथ खेलिने भुवा पर्वले धनगढीमा बेग्लै पहिचान बनाइसकेको छ । द्वापर युगमा पाँच पाण्डवले कौरवमाथि विजयी हासिल गरेपछि निकालिएको विजयी जुलुसमा तरवार र ढाल नचाउँदै खुशीयाली मनाइएको र त्यसैको सम्झनामा भुवा खेल खेल्ने चलन रहेको छ । यसै बिच प्रदेश सरकारले सुदूरपश्चिमका तीन जिल्ला बाजुरा, अछाम, बझाङमा आज आइतवार सार्वजनिक बिदा समेत दिएको छ ।

Loading...