धनगढीमा ९ औँ राष्ट्रिय पोल्टी दिवस मनाईदैँ

 

Dadeldhura hospital

अत्तरिया, १६ पुस- धनगढीमा ९ औँ राष्ट्रिय पोल्टी दिवस मनाईने भएको छ । शनिबार धनगढीको रुबस होटलमा एक कार्यक्रमका बीच दिवस मनाईने लागेको हो । नेपाल अण्डा उत्पादक संघ, कुखुरा तथा अण्डा उत्पादक किसान संघ कैलाली र कञ्चनपुरको आयोजनामा दिवस मनाइने शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘एक दिन होइन, हरेक दिन अण्डा र मासु भान्साको सान : सर्वोत्तम प्राटिन स्वास्थ्य जीवन’ भन्ने मुल नाराका साथ आयोजना हुने दिवसको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङले उद्घाटन गर्ने कार्यक्रम रहको कुखुरा तथा अण्डा उत्पादक किसान संघका केन्द्रिय अध्यक्ष शिवराज केसीले जानकारी दिए ।

दिवसमा अण्डा तथा कुखुरा व्यवसायीहरुले भोग्दै आएका समस्याहरुमा बहस हुने उनले बताए । ‘९ औँ राष्ट्रिय दिवस हो । यहाँ व्यवसायीहरुको उपस्थिति रहने हुँदा समस्या माथि पनि बहस हुने छ’, अध्यक्ष केसीले भने । ‘सुदूरपश्चिममा यस्तो कार्यक्रम पहिलो पटक हुन लागेको हो ।’ यस कार्यक्रममा सुदूरपश्चिम लगायत देशभरका कुखुरा तथा अण्डा व्यवसायीहरुको सहभागिता हुने छन् ।

Loading...