मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

Dadeldhura hospital

अत्तरिया, १६ पुस– कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बैलौरी-कलुवापुर पक्की सडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका वडा न‌ं. ५ रामनगरमा कलुवापुरबाट बेलौरी आउँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से३प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले बताएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका बेलौरी आउँदै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका वडा नं. ५ गुलरियाका १८ वर्षीय विमल रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

Loading...