कैलालीको गोदावरीमा पार्क प्वाईन्ट होटल संचालनमा




अत्तरिया, १५ पुस- सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको कैलालीको गोदावरीमा नयाँ होटल खुलेको छ । गोदावरीका स्थानिय युवा ब्यवसायी मान बहादुर राईले करिब २५ लाखको लागानीमा पार्क प्वाइन्ट होटल संचालनमा ल्याएका छन् ।



गोदावरी नगरपालिका वडा नं ४ गोदावरी प्रहरी चेक पोष्ट नजिकै बिहीबारवाट होटल संचालनमा आएको उक्त होटलको संचालक राईका बुवा जय कुमार राईले होटलको पुजाआजा गर्दै रिवन काटेर उद्धघाटन गरेका हुन् ।


नयाँ ब्यवस्थापनका साथ संचालनमा आएको पार्क प्वाइन्ट होटलमा शुद्ध खाना , नास्ताका साथै बस्नका लागि समेत उचित ब्यबस्थापनका साथ एसी, ननएसी कोठाहरुको ब्यबस्था रहेको संचालक मान बहादुर राईले बताए ।
उनले होटलमा पारिवारिक वाताबरणका साथै ग्राहकहरुको रोजाइ अनुसारको सेवा सुबिधा दिइने बताए । २५ लाख हारहारीमा लगानी लागेको बताउदै संचालक राईले सो होटलमा वर्थडे पार्टी, बिवाह बर्तबन्ध पार्टी लगायत अन्य पार्टीहरु लागि समेत उपयोगिताका साथै उचित ब्यबस्था समेत गरिएको बताए ।



