बझाङमा दुईजना मृत फेला

बझाङ, १५ पुस- बझाङमा २ जना पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा एक जना छबिसपाथीभेरा – ७ का र एक जना सुर्मा –१ का रहेका छन्। उनीहरु फरक फरक ठाउँमा मृत अवस्थामा फेला परेका हुन्।

Dadeldhura hospital

छबिसपाथिभेरा गाउँपालिका – ७ बुड्खोरीका वर्ष ४३ का जंग धामी घर नजिकै नौपाते भन्ने ठाउँमा आज बिहान मृत फेला परेका हुन् भने, सुर्मा गाउँपालिका – १ दौलीचौरका वर्ष ४४ का किट्टु बोहरा मंगलबारदेखि घरबाट हराएका र हिजोसम्म घर नफर्केपछि खोजतलास गर्दा घरबाट केही टाढा पदाली भन्ने ठाउँमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङ सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए।

Navadurga sun
Godawari sandesh

धामी र बोहरा दुबै जनाको चिसोले कठ्यांग्रीएर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। दुबै जनाको थप अनुसन्धान गर्न र पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमिखेत ल्याउन प्रहरी टोली घटनास्थल तर्फ खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर विष्टले बताए।

Loading...