


कञ्चनपुर, १३ पुस– कञ्चनपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलिले कृष्णपुर नगरपालिका वडा नं. ५ बनदेबि सामुदायिक वन जंगलमा भारतबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको हो ।


९२ हजार ७४० बराबरको सर्ट थान कपडा ६ रोल, कोट पाईन्ट थान कपडा १५ रोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेको सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले बताएको छ ।





