बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेश फेला

अत्तरिया, १३ पुस– बझाङबाट धनगढी जाँदै गरेको जिपमा प्रहरीले १६ किलो चरेश फेला पारेको छ । सोमबार राति ११ बजे बझाङबाट धनगढीतर्फ जाँदै गरेको से १ज ७१८ नम्बरको जिपमा चेकजाँच गर्दा १६ किलो चरेश फेला परेको प्रहरीले जनाएको छ ।

Dadeldhura hospital

कैलालीको चुरे गाउँपालिका–५ बेल्चापलान भन्ने स्थानमा गरिएको चेकजाँचमा जिपको सिटमुनि लुकाइराखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

जिपमा चरेश फेला परेपछि जिप चालक बझाङको बुंगल नगरपालिका –११ देउलीकोटका २८ बर्षीय बीर बोहरा र ४० बर्षीय गमलाल बोहरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Loading...