अन्तर मावि स्तरीय भलिबल प्रतियोगिताको फाईनल खेल आज हुँदै

प्रकाशबहादुर बोहरा
अत्तरिया, १० पुस- कैलालीको अत्तरियामा भईरहेको अन्तर मावि स्तरीय भलिबल प्रतियोगिता २०७८ को फाईनल खेल (आज) शनिबार बिहान १० बजे देखि हुँदै छ । उद्धार मिडिया ग्रुप प्रा.लि.को आयोजनामा भईरहेको भलिबल प्रतियोगिताको फाईनल खेल शनिबार हुने भएको हो ।

कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिताको तेस्रो स्थानका लागि दुर्गालक्ष्मी माबि र गुहेश्वरी मा.वि. बिच हुने भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै पहिलो स्थानको लागि सुदूरपश्चिमा माबि ‘ए’ र जनता माबी चुरे बिच हुने भएको खेल संयोजक नरेश नाथ योगीले जानकारी दिए ।

त्यस्तै भलिबल प्रतियोगिताको अन्तिम दिन आज (शनिबार) कार्यक्रममा उपस्थित भैइ कार्यक्रमको शोभा बढाई दिन हुन खेलकुदका प्रमुख व्यवस्थापक गणेश नाथ योगीले अनुरोध समेत गरेका छन् ।

त्यस्तै उक्त समापन खेलको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिंह साउँद रहने आयोजकले जनाएको छ ।

Loading...