मिडियाले पनि देउवा सरकारलाई सरकार मानेको छैन : सचिव भट्ट

धनगढी, ९ पुस– नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले परमादेशबाट आएको सरकारलाई मिडियाले पनि सरकार नमानेको बताएका छन् ।

प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले शुक्रबार धनगढीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले अहिलेको सरकारप्रति मिडियाले आलोचनासमेत नगरेको बताए ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

‘हाम्रो सरकार जनादेशबाट आएको सरकार थियो त्यही भएर मिडियाले हामीमाथि अलिकति प्रहार गरि रहेको थियो,’ उनले भने, ‘मिडियाले त्यहाँ भएन, यहाँ भएन भनेर भन्दा हामीले त्यसलाई सचेत पारेको बुझिरहेका थियौँ ।’ अहिले मिडियाले सरकारको बारेमा लेखेन भनेर चिन्ता गर्न नपर्ने उनले बताए ।

यस्तै, सचिव भट्टले सुदूरपश्चिम प्रदेशमा एमालेको संगठनलाई कसरी मजबुद एकताबद्ध बनाउने भनेर सबैले लाग्न आवश्यक रहेको बताए ।अहिले एमालेलाई जनताले कसरी बुझिरहेका भनेर पनि मिडियाले सत्यतथ्य बाहिर ल्याउन आवश्यक रहेको उनको भनाई छ ।

यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले केपी शर्मा ओलीको कोटको खोल्तीबाट कोही पनि मान्छे यहाँ केन्दीय कमिटी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी नभएको बताए । अहिले ओलीको कोटको खोल्तीबाट कमिटी बनाएको भनेर गरिएको प्रचारप्रसार साँचो नरहेको उनले बताए ।

Loading...