घरमा डोजर चलेपछि हुलाकी राजमार्गमा बास

धनगढी, ९ पुस– कैलालीको भजनी नगरपालिका–७ का प्रेमलाल चौधरीको बाल्यकाल अरुको घरमा कमैया बसेरै बित्यो। आमाबुवाले जसरी अरुको घरमा कमैया गरेर जीवन बिताए, त्यसैगरी उहाँको बाल्यकाल पनि अरुको घरमै ने कमैया बसेर बित्यो। युवा अवस्थामा कमैया बस्न छोडेपछि उहाँले बाहिर मजदुरी गरेरै भएपनि भजनी नगरपालिका– ७ मा जग्गा किनेर घर निर्माण गरेका छन्।

Ganyapdhura gau

त्यतिबेलासम्म प्रेमलालले गाउँ नजिकै एक बिगाहा जग्गासमेत बनाइसकेका थिए। भएको एक बिघा जग्गा र लगाएको घर सबै मोहना नदीको बगरमा परिणत भएपछि उनको सपना धेरै दिन टिक्न सकेन। उनीलगायत १२० परिवार मोहना नदीको बाढीबाट विस्थापित भएर सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएको भए पनि इलाका वन कार्यालय भजनीले वन अतिक्रमण गरेर बसेको भन्दै त्यहाँ निर्माण भएका घर टहरामा डोजर लगाएर भत्काएपछि विस्थापित हुलाकी राजमार्गमा त्रिपाल हालेर बस्नुपरेको छ।

Navadurga sun
Dadhaldhura pur

“विसं २०५० देखि त्यही सामुदायिक वनको जग्गामा घर निर्माण गरेर बस्दै आएका थियौँ। सामुदायिक वनले पटकपटक जग्गा खाली गर्न पत्राचार गर्दै आएको भए पनि अन्त जाने कतै ठाउँ नभएका कारण हामीले त्यो ठाउँ छोड्न सकेका थिएनौँ”, प्रेमलालले भने, “अहिले सडकको बास भएको छ। सरकारलाई बासस्थानका लागि पटकपटक आग्रह गर्दा पनि सुनुवाइ भएन। यो पुसको चिसो त्रिपालमा कसरी काट्ने होला ?” सोही ठाउँकी मान्ती चौधरीले शिविरमै सिलाइकटाइको व्यवसाय गर्दै आएकी छन्। १६ कट्ठा जग्गा मोहोना नदीको बगरमा परिणत भएपछि स्थानीयवासीको साथमा लागेर सामुदायिक वनमा घर निर्माण गरेर बस्दै आएकी मान्तीको घर, पसल सबै डोजरले भत्काएको छ। घरमा भएको काठ पनि वनले आफ्नो नियन्त्रणमा लिएपछि उनले दुई जना छोराछोरीलाई लिएर हुलाकी राजमार्गमा त्रिपालमा बस्न बाध्य भएको बताइन्। श्रीमान् रोजगारीका लागि घर बाहिर भएकाले पनि निकै समस्या भएको मान्तीको भनाइ छ।

“अन्त कतै घर लगाएर बसौँ भने जग्गा छैन। हातमा लालपुर्जा छ। जग्गाको होइन, नदीको। नदीमा भएको जमिनमा घर कसरी लगाउने”, मान्तीले भनिन्, “साना छोराछोरी छन्। स्कुल एकातिर छुट्यो, बसाईं सडकको भयो। यो हिउँद सडकमा कसरी बिताउने ? छोराछोरीलाई स्कुल कहाँ पठाउने ?” ज्यालामजदुरी गरी हात मुख जोड्दै आएकी उनले भनिन्,  ‘बस्ने घरमा डोजर चलाएपछि कस्तो हुँदो हो ?” अब कहाँ बस्ने हो ? मान्ती  बिलखबन्दमा छन्। त्यसमाथि उनी एक्लै छैनन्। साना दुई छोराछोरी पनि छन्। मान्ती मात्रै होइन, त्यहाँबाट विस्थापित भएका सबैको नियति करिब करिब उस्तै छ। स्थानीयवासी कृष्णी डगौँराको बास पनि डोजरले उजाडिदिएको छ।  “अहिले हामी पाल टाँगेर बसिरहेका छौँ। जाडोमा मानसिक तनाव झेलिरहेका छौँ”, उनको प्रश्न छ,  “खै त हाम्रो मौलिक हक ?” विकासका बाधक होइनौँ भन्दाभन्दै पनि सामुदायिक वनले हामीलाई व्यवस्थापन नगरी गिद्दे नजरले हेरेको उहाँको गुनासो छ। डगौँराले सामुदायिक वनले उठाउनै थियो भने पहिले नै उठाउनुपर्ने भन्दै सबै व्यवस्थापन गरिसकेपछि एकाएक घरमा डोजर चल्दा मन थाम्न निकै गाह्रो भएको बताए।  “अहिले सडकमा आएका छौँ। त्यहाँ खानेपानी, शौचालय, विद्युत लगायत कुनै सुविधा छैन”, उनले भने, “हामी त जसोतसो दिन कटाउला ज्येष्ठ नागरिक र बालबालिकालाई यो हिउँदको तुषारोमा कसरी जोगाउने भन्ने चिन्ता बढेको छ।”

बिहीबार सामुदायिक वनको जग्गा अतिक्रमण गरी बसेका परिवार विस्थापित भएपछि भजनी नगरपालिकामा धर्ना दिन पुगेका थिए। उनीहरुले नजिकको सरकार स्थानीय सरकार भएको भन्दै बासको सुनिश्चित गर्न नगरपालिकालाई दबाब दिनकै लागि धर्नामा आएको विश्राम चौधरीले बताए। उनले निर्वाचनका समयमा भोट माग्न आउनेहरुकै आश्वासनका कारण कतै विकल्प नखोजेर त्यहीँ ठाउँमा बसेको बताउँदै अहिले समस्या आइपर्दा सबै भागेको दुखेसो गरे। उनले भने, “हामीले अवरोध गर्न खोजेका थिएनौँ। उहाँहरूले हामीलाई नै उठाउन खोज्नुभयो। यो जाडोमा हाम्रो बालबच्चा, परिवारहरू छन्, कहाँ लगेर राख्ने ?” वनले उठीबास लगाउँदा रातमा न निद्रा लाग्छ न त भोक नै उहाँको गनासो छ। उनले भने, “ छोराछोरीलाई पढाउनुप¥यो। आम्दानी पनि छैन। हटाएपनि व्यवस्था गरेर हटाओस्। न रातमा निन्द्र छ, न दिनमा भोक।” बासको लागि लडाइँ गरिरहेका उनीहरुको एउटै आवाज छ, ‘के हामी यो देशको नागरिक होइनौँ र ?’ (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...