कैलालीको घोडाघोडीका बाढी पिडित परिवारलाई राहत वितरण

Dadeldhura hospital

धनगढी, ८ पुस – कैलालीको घोडाघोडी नगरपालिका २० जना बाढी पिडित परिवारलाई राहत वितरण गरिएको छ । टीजुची फाउण्डेशनको सहयोग, बोधिसत्व बिहारको संयोजकत्व तथा नेपाल परिवार दलका युवा नेता खडक नागरी र युवा नेता जनक बमको पहलमा राहत वितरण गरिएको हाे ।

नगरपालिका २० परिवारलाई प्रतिपरिवार २५ किलो जिरा मसिनो चामल, १० किलो ज्ञान आटा, चना, मसुरको दाल, चिनी, खाने तेल, नुन, साबुन लगायत खाद्यान सामग्री वितरण गरिएको नेपाल परिवार दलका युवा नेता खडक नागरीले जानकारी दिए । यस अघि सो संस्थाले सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाका बाढीपीडितलाई राहत वितरण गरेको थियो ।

Loading...