धनगढीबाट बेङ्गलोर हिँडेका युवक पलियामा मृत भेटिए




धनगढी, ५ पुस– धनगढीबाट भारतको बेङ्गलोर जान हिँडेका एक युवक पलियामा मृत भेटिएका छन् । कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं. ११ घर भएका २१ वर्षीय सुवणर् सार्की पलियाको शारदा नदी पुल नजिकै भेटिएका हुन् ।



मृतकका भिनाजु रविन मगरातीका अनुसार हिजो साँझ ४ बजे उनको शव भेटिएको थियो । अहिले उनको शव लखिमपुर प्रहरी थानामा राखिएको छ । मृतकका आफन्तले भने उनको हत्या भएको आशंका गरेका छन् । मृतक सार्की धनगढीबाट मंसिर २९ गते जयलक्ष्मी ट्राभलमा भारततर्फ हिँडेका थिए ।


भारत हिँडेका उनीसँगै ४ जना अरु साथीहरु पनि गएको मगरातीले बताए । सन्तोष सिंह, सन्तोषका भाइ, लक्ष्मण रोकाया र सचिन सिंह मृतक सार्की सँगै गएको उनले बताए । उनको शव नेपाल ल्याउनका लागि प्रयास भइरहेको बताइएको छ ।



