सुदूरपश्चिम प्रदेशमा हालसम्म १८ लाख ४५ हजार बढीले लगाए कोरोना विरुद्धको खोप

प्रदेशका ९ वटै जिल्लामा पुस ४ गतेदेखि फाइजर र मोडर्ना खोप लगाइने

अत्तरिया, १ पुस– सुदूरपश्चिम प्रदेशमा हालसम्म १८ लाख ४५ हजार ३०२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको मंसिर २४ गते सम्मको तथ्याङ्क अनुसार विभिन्न गत वर्षको माघदेखि हासम्म सो संख्यामा व्यक्तिले कोरोना विरुद्धको खोप लगाएका हुन । अहिलेसम्म आठ लाख छ हजार ६४३ जनाले पूणर् मात्रामा खोप लगाएका छन् ।

पूणर् मात्रामा खोप लगाउनेको संख्या ४१ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी, पहिलो डोज लगाउनको संख्या १० लाख ३८ हजार ६५९ अर्थात ५३ प्रतिशत रहेको जनाइएको छ । पहिलो मात्रा खोप लगाउनेको संख्याले राष्ट्रिय औसतलाई पार गरेको छ भने पूणर् मात्रामा खोप लगाउनको संख्या राष्ट्रिय औसतभन्दा कम रहेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेशमा १८ वर्ष उमेरभन्दा माथि उमेर समूहका १९ लाख ४८ हजार ३८८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य राखिएको थियो । १८ लाख ४५ हजार ३०२ जनालाई खोप लगाइएपछि अब एक लाख तीन हजार ८६ जनालाई कोरोनाविरुद्धको खोप लगाउन बाँकी रहेको छ। सुदूरपश्चिम प्रदेशको कैलालीमा पहिलो मात्रा ३ लाख ४६ हजार १०५ र पूणर् मात्रा २ लाख ८८ हजार ९५३ गरी ६ लाख ३५ हजार ५८ जनाले खोप लगाइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कञ्चनपुरमा पूणर् मात्रा १ लाख ३७ हजार २१७ र पहिलो मात्रा २ लाख २५ हजार ९९३ गरी ३ लाख ६३ हजार २१० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

Dadeldhura hospital

त्यस्तै बाजुरामा पहिलो डोज ५० हजार ८११ र पूणर् डोज ३५ हजार ७८७ गरी हालसम्म ८६ हजार ५९८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसैगरी बझाङमा पहिलो डोज ५० हजार ५११ र पूणर् डोज ५१ हजार ५४ गरी १ लाख १ हजार ५६५ जनाले खोप लगाइसकेका छन् । त्यस्तै दार्चुलामा पहिलो डोज ६५ हजार ३६४ र पूणर् डोज ६३ हजार ८७५ गरी १ लाख २९ हजार २३९ जनाले खोप लगाएका छन् ।

त्यस्तै बैतडीमा ८८ हजार ९८२ जनाले पहिलो डोज र ७५ हजार ७९ जना पूणर् डोज गरी १ लाख ६४ हजार ६१ जनाले खोप लगाइसकेका छन् । त्यस्तै डडेल्धुरामा ४० हजार ५९३ जनाले पहिलो र ३७ हजार ३७४ जनाले पूणर् मात्रा गरी ७७ हजार ९६७ जनाले खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै डोटीमा ५६ हजार ६७३ जनाले पहिलो र ५३ हजार १२० जनाले पूणर् डोज गरी एक लाख नौ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । अछाममा पहिलो मात्रा ७३ हजार ९०९ र पूणर् मात्रा ६४ हजार १८४ जना गरी १ लाख ३८ हजार ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

पुस ४ गतेदेखि प्रदेशका ९ वटै जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने प्रदेशको सामाजिक विकास मन्त्रालयले जानाएको छ ।

त्यसैगरी कैलाली र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिइने जनाइएको छ । कञ्चनपुर, डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालबालिकालाई भने मोडर्ना खोप लगाइने मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए ।

Loading...