युवा संघ नेपाल गोदावरीको प्रथम नगर भेला सम्पन्न, ७१ सदस्यीय नगर कमिटि गठन

अत्तरिया, १ पुस– कैलालीको गोदावरी नगरपालिकामा युवा संघ नेपालको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीको भातृ संगठन रहेको युवा संघको प्रथम नगरस्तरिय भेला अत्तरियामा सम्पन्न भएको हो ।

उक्त भेलाले हर्क बहादुर बि.कको अध्यक्षतामा ७१ सदस्यीय नगर कमिटि गठन गरेको छ । जसको उपाध्यक्षहरुमा मिन बोहरा, सुजना चौधरी र चन्द्र बि.क चयन भएका छन् भने सचिबमा गरिमा श्रेष्ठ, सह सचिबमा गोपाल ताम्राकारा, भोज कृपाली र धिरेन्द्र बोहरा र बाँकी सदस्यमा चयन भएका छन् । उनीहरु सबै सर्वसम्मत रुपमा चयन भएका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यस्तै सोही भेलाले तिलकराज जोशीको संयोजकत्वमा १५ सदस्यीय पिपुल भोलेन्टिएर कमिटि पनि गठन गरिएको छ । युवा संघ नेपालका केन्द्रिय सदस्य धन बहादुर खड्को अध्यक्षता सम्पन्न भेलामा नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य एबम् सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ सोडारी प्रमुख अतिथी रहेका थिए ।

त्यस्तै बिशिष्ट अतिथीमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी रहेकी थिइन् । युवा संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै प्रमुख अतिथी नेकपा एकिकृत समाजवादी केन्द्रिय सदस्य सोडारीले सबैलाई आ आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरि पार्टीलाई मजबुत बनाउनमा लाग्न आग्रह गरेका छन् । बिशिष्ट अतिथी राज्यमन्त्री चौधरीले युवाहरु देशको कणर्धार भएकाले अब देशको नेतृत्व पनि युवाहरुले गर्ने गरि अगाडी बढ्न सबैलाई शुभकामना दिइन् ।

नले अब नगर कमिटिले वडा वडामा गएर बौद्धिक, लगनशिल युवाहरुलाई वडा कमिटिमा ल्याएर कमिटिहरु बिस्तार गर्न आग्रह गरिन् । प्रथम भेला कार्यक्रममा नेकपा एसका प्रदेश कमिटि सदस्यहरु भिम बहादुर बोगटी र खम्ब बुढा, केन्द्रिय परिषद सदस्य एबम् गोदावरी नगरपालिकाकी उप प्रमुख रत्ना कडायत, जिल्ला कमिटि सदस्य शिव बिक, गोदावरी नगर अध्यक्ष टेक बहादुर बिक, युव संघका केन्द्रिय कमिटि सचिब दिपक सिह लगायतका सहभागि रहेको थिए ।

Loading...