रोकिएको ट्रकमा कार ठोकिदा एक जनाको मृत्यु






धनगढी- कैलालीमा रोकिएको ट्रकमा कार ठोकिदाँ एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत अत्तरिया पानी ट्याँकी नजिक रोकिएको से १ ख १७३१ नम्बरको ट्रकमा बा १४ च ४६३४ नम्बरको कार ठोकिदाँ २५ वर्षीया किशोरीको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।


कार र ट्रक ठोक्किदा कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. वन समितिका ३५ वर्षिय नरेन्द्र कुँवर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार हुँदैछ । किशोरीको भने पहिचान खुलेको छैन् ।



