अत्तरिया पहिलो पटक कृतिम फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सुरु हुने

अत्तरिया- कैलालीको अत्तरियामा पहिलो पटक कृतिम फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहाको आयोजना गरिने भएको छ । स्वदेशमै रोजगारको अबसर प्रदान गर्ने उद्देश्यका साथ यही पुस ८ गतेदखी १४ गते सम्म फुल तथा बेलुनको डेकुरेस ट्रेनिङ सप्ताहाको आयोजना गरिएको हो । आयोजक विप्लभ इभेन्ट प्लानिङ एण्ड मेनेजमेन्टले अत्तरियामा पत्रकार सम्मेलको आयोजना गरि यस बारे जानकारी गराएको हो ।

अत्तरियाकै स्थानिय रोशनी चौधरी, गौरी मल्ल र सुनिता रोकायाको नेतृत्वमा उक्त ट्रेनिङ सप्ताहाको आयोजना गरिएको आयोजकले बताएको छ । उक्त ट्रेनिङ गेट, स्टेज, कोठा, ग्लारी, हल र कार सजाउने प्रशिक्षण दिइने कार्यक्रमका सहयोगी बिनोद मल्लले जानकारी दिए।

godawari10 Mahila hinsa
Navadurga sun

२०० जनालाई सहभागी गराइने लक्ष्य रहेको उक्त ट्रेनिङ सप्ताहामा सहभागिता जनाउनका लागि प्रति ब्यक्ती ५० रुपैया मात्रै प्रवेश शुल्क राखिएको छ भने कच्चा समाग्रीहरु सहभागी आफैले ल्याउनुपर्ने उनले बताए । तालिममा सहभागिहरुलाई प्रशिक्षण दिनका लागि भारतका एक जना दक्ष प्रशिक्षक आउने समेत उनले बताए ।

Dadeldhura hospital

सो ट्रेनिङमा अत्तरिया , धनगढी , महेन्द्रनगर , टिकापुर , लम्की , सुखड लगाएतका ठाउँवाट सहभागी हुने बताइएको छ । ट्रेनिङमा महिला पुरुष दुवैले सहभागिता जनाउन सक्ने भएपनि महिलाहरु र त्यसमा पनि एकल महिलालाई अझै बिषेश प्रथमिकता दिइने मल्लले बताए । ट्रेनिङमा आफु भित्रको प्रतिभालाई उजार गर्न चहाने र इच्छा शक्ति भएकाहरुलाई मात्रै समेटिने समेत उनले बताए ।

अत्तरियामा यस्तो प्रकारको ट्रेनिङमा पहिलो पटक आयोजना भैरहेको हो । यस ट्रेनिङमा उष्कृष्ट हुने केहीलाई रोजगारीको अबसर प्रदान गरिनुका साथै आफैले ब्यवसायी गर्न चाहेमा आयोजकका तर्फवाट सहयोग समेत गरिने उनले बताए ।

“यो अत्तरियामा पहिलो पटक हामीले फरक खालको तालिम दिइरहेका छौ , हामी आफै पनि घरमा धेरै सामाग्रीहरु बनाउछौ तर अब ब्यवस्थित रुपमा यसलाई सिकेर आफ्नै ब्यापार ब्यासाय पनि सुरु गर्न सकिन्छ उनले भने – “हामीले यस तालिममा सहभागिहरुले बनाएका सामाग्रीहरु बजारमा पनि पठाउछौ र सहभागीहरुले आफै बजारको अबस्था पनि बुज्नेछन् र भोली गएर यसवाटै घरमा बसेर पनि राम्रो आम्दानी गर्न सक्नेछन् ।”

अहिले हरेक कार्यक्रम तथा सभा सम्मेलनहरुमा डेकुरेनका कामहरु गर्नुपरेमा भारतवाटै सामाग्रीहरु ल्याउनुपर्ने र कामदार पनि भारतीय नै हुने गरेकाले अब यसको अन्त्य गरि आफ्नै गाउँ ठाउँका महिला दिदिबहिनीहरुले यी कामहरु स्वदेशमै गर्न सकुन भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको मल्लले बताए ।

उनले तालिमवाट सिकेका कुराहरुको सही सदुपयोग गरेमा परनिर्भरता हट्ने र अनआवश्यक रुपमा भैरहेको खर्च पनि कम हुने विश्वास लिएको बताए । उक्त तालिम महेन्द्रनगर रोडमा रहेको पुरानो वाणिज्य बैंक रहेको भवनमा संचालन हुने उनले बताए ।

Loading...