अत्तरिया गोदावरी नगरपालिकाद्धारा नगरभित्रका ६० जना जेष्ठ नागरिकलाई कम्बल वितरण

लक्ष्मण ओझा

अत्तरिया, २९ मंसिर– कैलालीको गोदावरी नगरपालिका भित्रका जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ । जाडोयाम सुरु भएसंगै गोदावरी नगरपालिकाले १२ ओटै वडामा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै कम्बल वितरण गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

वडा वडामा रहेको जेष्ठ नागरिक समाजको कमिटिले छनौट गरेका आर्थिक अबस्था कमजोर भएका विपन्न परिवारका ६० जना जेष्ठ नागरिहरुलाई सम्मान गर्दै कम्बल वितरण गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ ।

गोदावरी नगरपालिका वडा नं वडा नं २ मा रहेको गोदावरी जेष्ठ नागरिक समाजको भवनमा आयोजित एक कार्यक्रमका बिच प्रत्येक वडाका ५ जना गरी ६० जनालाई गोदावरी नगरपालिका नगरप्रमुख हरि सिं साउँद , उप प्रमुख रत्ना कडायत र वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले दोसल्ला ओडाएर सम्मान गर्दै प्रत्येकलाई १/१ वटा कम्बल वितरण गरेका हुन् ।

Dadeldhura hospital

जेष्ठ नागरिकलाई सम्मान तथा कम्बल वितरण कार्यक्रमका सभाध्यक्ष समेत रहेका गोदावरी नगरपालिकाका नगर प्रमुख हरि सिं साउँदले जेष्ठ नागरिकहरु ज्ञान र अनुभवका खानी भएकाले नगरपालिकाले सधैव सम्मान गर्ने बताएका छन् । उनले पुस माघको कठ्याङ्ग्रदो जाडोमा विपन्न परिवारका जेष्ठ नागरिकहरुले न्यान लुगा नपाउदँ ज्यान समेत गुमाउनुपर्ने अबस्थाको अन्त्य गर्नका लागि गोदावरी नगरपालिकाले प्रत्येक वडाका गरिब , आर्थिक अबस्था कमजोर भएका जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप कम्बल वितरण गरिएको बताए ।

यो कम्बल त केही पनि होइन सामान्य हो , तर हामीले नगरपालिकाका तर्फवाट सम्मान गरेका हौ उनले भने हामी पनि तपाईहरुको साथमा छौ , अझै हामीसंग तपाईहरुका लागि थुप्रै योजनाहरु रहेका छन् । उनले जिउँदो छदाँ एक सरो लगाउन र एक छाक खाना नदिने छोराछोरीहरुले मरेपछि सेतो लुगा लगाएर देखावटी गर्नुको कुनै अर्थ नभएकाले सबैले घरका बृद्ध आमाबुवाहरुको सम्मान र आदर गर्नुपर्ने उनको भनाई रहेको थियो । उनले आफ्ना अधिकारका लागि लड्न नगरभित्रका सम्पूर्ण जेष्ठ नागरिकहरु एक जुट हुनुपर्ने बताए । उनले नगरपालिकाले अबको केही दिनपछि जेष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँचका लागि भनेर आखाँ जाचँ शिविरको पनि आयोजना गर्ने बिषयमा छलफल भैरहेको बताए ।

यस्तै सोही कार्यक्रममा बोल्दै उप प्रमुख रत्ना कडायतले आफुहरु जनप्रतिनिधि भएपनि नभएपनि सधै जेष्ठ नागरिकहरुको सम्मान गर्ने बताइन् । उनले आफुहरुलाई सधै जेष्ठ नागरिकहरुको आर्शिवाद र आवश्यकता पर्ने भएकाले विकास निर्माणका काम संगैसगै जेष्ठ नागरिक , महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा नगरपालिकाले काम गर्दै आएको बताइन् । उनले जेष्ठ नागरिकहरुलाई बुढेसकालमा केही राहत होस भनेर केन्द्र सरकारले बृद्धभत्ता उपलब्ध गराउदै आएकोमा त्यो बृद्ध भत्तालाई पनि बढाएर लैजानुपर्ने धारण राखिन् ।

उनले अब सरकारले बृद्धबृद्धाहरुलाई दिदै आएको बृद्धभत्ता ४ हजारवाट बढाएर मासिक १० हजार सम्म पुञ्याउनुपर्ने बताइन् । उनले जाडोको बेला सबै जेष्ठ नागरिकहरुलाई आफ्नो स्वास्थ्यको बिषेश ख्याल गर्न आग्रह समेत गरिन् । नगरपालिकाले आफुहरुको सम्मान गर्दै जाडोमो मुखैमा कम्बल दिएको भन्दै जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन् ।

उनीहरुले आफुहरुको सम्मान पछि नगरपालिका र महिला तथा बालबालिका शाखालाई धन्यवाद समेत दिएका छन् । कार्यक्रममा जनप्रतिनिध , गोदावरी जेष्ठ नागरिक समाजका पदाधिकारीहरु , महिला तथा बालबालिका शाखाका कर्मचारी र नगरभित्रका जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

Loading...